धनी वर्गलाई पनि राहत दिएको भन्दै विपन्नले राहत बहिष्कार गरे

जनकपुरधाम– सर्लाहीको बलरा नगरपालिकाका विपन्नले स्थानीय तहको राहत बहिष्कार गरेका छन् । उनीहरुले धनी वर्गलाई पनि राहत दिएको भन्दै राहत बहिष्कार गरेका हुन् ।

वडा कार्यालयले मंगलबार बिहान राहत वितरण गर्न लाग्दा बिघौं जग्गा हुने जमिनदारदेखि सरकारी जागिरेसमेतलाई राहत उपलब्ध गराउन लागेको भन्दै दलित र गरिहरुले राहत नलिएका हुन् । 

माझी, राम र सदा समुदायको बसोवास रहेको ३ वडाका अधिकांश दैनिक मजदुरी गरेर छाक टार्नुपर्ने बाध्यतामा छन् । हुनेखानेले नै राहत लिइरहेको देखेपछि आफूहरुले राहत नलिएको स्थानीयको भनाइ छ ।

वडा कार्यालयले वडाभित्रका सबै परिवारको नाम राहतको सूचीमा राखेको छ । यो वडाले प्रतिपरिवार १० किलो चामल र २ किलो नुन मात्रै वितरण गरेको छ । 

सर्लाहीको बलरा नगरपालिका वडानम्बर ११ ले पनि वडाभित्रका सबै परिवारलाई राहत स्वरुप नगदै वितरण गरेको छ । यो वडाले प्रतिपरिवार ७३५ रुपैयाँका दरले राहत स्वरुप नगद वितरण गरेको छ ।





  • प्रकाशित मिति : वैशाख १७, २०७७ बुधबार १०:५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया