गेदावरीमा एक युवा मृत भेटिए, हत्याको आशंका


ललितपुरको गोदावरी नगरपालिकास्थित टौखेलमा एक युवा मृत भेटिएका छन् । उनी २५ वर्षीय अमित शाही रहेको ललितपुर प्रहरीले जनाएको छ । उनी फ्रेस हाउस सञ्चालक हुन् ।

शाहीलाई गएराति २ बजेतिर गम्भीर अवस्थामा भेटिएको थियो । घटनास्थलबाट मासु काट्ने हतियार बरामद गरिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मृतकको घाँटी र हातमा चोट रहेकाले हत्याको आशंका गरिएको प्रहरीको भनाइ छ । 
 





  • प्रकाशित मिति : जेठ २८, २०७७ बुधबार १०:५७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया