logo-img

‘जनआस्था’लाई कारबाही गर्ने विप्लवको धम्की, महासंघको ध्यानाकर्षण

काठमाडौं– जनआस्था साप्ताहिकको अनलाइन संस्करण ‘जनआस्था डटकम’मा प्रकाशित समाचारको विषयलाई लिएर नेकपा विप्लव समूहले सो अनलाइनलाई धम्की दिएको छ । विप्लव समूहका नेता प्रकाण्डले विज्ञप्ति जारी गरेर उक्त अनलाइनलाई कारबाही गर्ने धम्की दिएका हुन् । 

यस विषयमा नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता कार्य नदोहोर्याउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । 

जनआस्थाको अनलाइन संस्करणमा जेठ २६ गते बेलुकी ८ः०० बजे ‘विप्लवका रणनीतिका बेलिविस्तार’ शीर्षकमा समाचार छापिएको थियो । 

महासंघले सञ्चारमाध्यममा प्रकाशित–प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर सम्बन्धित सञ्चार माध्यममार्फत खण्डन गर्ने, कानुनी उपचार खोज्ने वा प्रेस काउन्सिलमा उजुरी दिनुको साटो धम्की दिनु प्रेस स्वतन्त्रताविरुद्ध हुने ठहर गरेको छ । 





  • प्रकाशित मिति : जेठ ३०, २०७७ शुक्रबार १७:३५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया