भाटभटेनीका अध्यक्ष गुरुङले त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइ दिने
११ करोड लागतमा बन्ने भवनको बुधबार शिलान्यास


काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने भएका छन् ।
भवनको बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरे ।
भवन १० महिनाभित्रै तयार पारेर हस्तान्तरण गर्ने योजना रहेको अध्यक्ष गुरुङले बताए  ।
भाटभटेनी सुपरमार्केट्सका प्रबन्धनिर्देशकसमेत रहेका गुरुङ र उनका भाइ पहलमान गुरुङले स्वर्गीय बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा  भवन बनाउन लागेका हुन् ।
अध्यक्ष गुरुङका अनुसार नयाँ भवननिर्माणमा करिब ११ करोड रुपैयाँ  लाग्ने अनुमान छ ।
बेसमेन्टसहित पाँच तलाको हुने  भवनमा एउटा तला २६ सय वर्गफिटको हुनेछ ।
गुरुङले यसअघि पनि करिब १० करोड लागतमा त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षसहितको भवन निर्माण गरिदिएका थिए ।
 





  • प्रकाशित मिति : असार ३, २०७७ बुधबार १३:०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया