सरकारले उठाउने आन्तरिक ऋणले निजी क्षेत्रलाई कुनै असर गर्दैन : अर्थमन्त्री

 

सरकारले आन्तरिक ऋण उठाउँदा निजी क्षेत्रलाई कुनै असर नपर्ने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । 
राष्ट्रिय सभामा शुक्रबार आन्तरिक ऋणको विषयमा जवाफ दिँदै अर्थमन्त्री खतिवडाले निजी क्षेत्रले अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत ऋण लिन सक्ने भएकाले निजी क्षेत्रलाई स्रोत अभाव नहुने बताएका हुन् । 
सरकारले आगामी आर्थिक वर्षमा २ खर्ब २५ अर्ब को आन्तरिक ऋणको सीमा तोकेको छ ।
 यो रकम पुँजीगत खर्चमा मात्रै खर्च गर्ने दाबी मन्त्री खतिवडाको छ । ‘आन्तरिक ऋण कति उठाउने भन्ने विषय छलफलमा  छ,’ उनले भने,  ‘कुल गार्हस्थ उत्पादनको ५ प्रतिशत ऋण उठाउन उपयुक्त भन्ने मान्यता हुन्छ ।’ 
यसरी ऋण उठाउदा निजी क्षेत्रलाई कुनै असर नपर्ने बताउँदै उनले भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत ऋण लिन सक्ने भएकाले निजी क्षेत्रलाई स्रोत अभाव हुँदैन ।’ 
ऋण तिर्नकौ लागि भने सरकारले आन्तरिक ऋण उठाउनु नहुने उनको भनाइ थियो । 
अब सरकारले पुँजीगत खर्चका लागि मात्रै आन्तरिक उठाउने उनको भनाइ थियो ।

आन्तरिक तथा बाह्य ऋणको सीमा जिडिपीको एक तिहाइ रहेको मन्त्री खतिवडाले बताए । ‘सरकारी तथा निजी क्षेत्रका संस्थाले विश्वास दिलाउन सके विदेशीले सहजै ऋण उपलब्ध गराउँछन्,’ उनले भने, ‘उदाहरणका लागि नेपाल विद्युत प्राधिकरणले अब आफ्नै सम्पत्ति धितो राखी अन्तर्राष्ट्रिय क्षेत्रबाट ऋण लिन सक्नेछ ।’
 





  • प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार १४:१५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया