पत्रकारमाथि जनप्रतिनिधिको दुर्व्यवहारप्रति महासंघको आपत्ति

काठमाडौं– समाचार संकलनका क्रममा नुवाकोटमा पत्रकारमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासं३ले बिहीबार विज्ञप्ति जारी गरेर पत्रकारको सञ्चार सामग्री र सवारीसाधनमा भएको तोडफोडको घटनाप्रति आपत्ति जनाएको हो । 

असार १० गते नुवाकोटको तारकेश्वर गाउँपालिकाको गाउँसभामा समाचार संकलन गरिरहेका वेला पत्रकार महासंघ नुवाकोट शाखाका कार्यसमिति सदस्य सुजित भण्डारीलाई उक्त गाउँपालिका वडा नं. १, ३ र ६ का वडा अध्यक्षले दुर्व्यवहार गरेको महासंघ नुवाकोट शाखाले जनाएको छ । 

वडाध्यक्षहरु दयानिधि अधिकारी, सूर्यमान श्रेष्ठ र ज्ञानेन्द्र तामाङले पत्रकार भण्डारीको हातबाट क्यामेरा खोसेर तोडफोड गरेको र त्रिशूली खबर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ र मिक्स एफएमका प्रमुख विष्णुप्रसाद अधिकारीलाई आक्रमण प्रयास गर्दै सवारीसाधनमा क्षति पुर्याएको पीडित पक्षको भनाइ छ ।

महासंघले पत्रकारमाथि गाउँपालिकाका जिम्मेवार जनप्रतिनिधिले कार्यक्रममा बोलाएर दुर्व्यवहार, आक्रमण तथा तोडफोड गर्नु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको जनाएको छ । यो घटनाले उनीहरुबाट पत्रकार असुरक्षित रहेको थप प्रष्ट भएको महासंघको ठम्याइ छ । 

घटनामा संलग्नमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउन, स्वतन्त्र र सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गर्न र पीडित पत्रकारलाई क्षतिपूर्ति दिलाउन महासंघले माग गरेको छ ।





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार १७:२९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया