भाटभटेनी मन्दिरमा सत्तल निर्माण गर्दै भाटभटेनी ग्रुप

भाटभटेनी ग्रुपले नक्सालस्थित भाटभटेनी मन्दिर परिसरमा सत्तल निर्माण गर्ने भएको छ । 
बुबा बृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा मन्दिर परिसरमा भवन निर्माण गर्न लागेको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए ।
 २ करोड रुपैयाँ लागतमा निर्माण हुने भवनको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले व्यवसायी गुरुङको प्रशंसा गरेका थिए ।
कार्यक्रममा उनले कोरोनासँग भाग्ने नभई लड्नुपर्ने बताए ।
“कोरोनासँग भाग्ने होइन लड्ने हो,’ उनले भने, ‘यो आयो भनेर त्रसित भएर भाग्यौँ भने कहाँ जाने ? आज हामी भागौँला भोलि भोकमरीबाट मर्ने अवस्था आयो भने के गर्ने ? हामीले हाम्रो आर्थिक गतिविधि बढाउनैपर्छ ।’ 
उक्त सत्तल ग्रुपका अध्यक्ष गुरुङ र भाइ पहल गुरुङले निर्माण गर्न लागेका हुन् ।
‘भाटभटेनी मन्दिरकै नामबाट हामीले सुपरमार्केट खोल्यौँ,’  ग्रुपमा अध्यक्ष गुरुङ भने, ‘अहिले देशका विभिन्न स्थानमा भाटभटेनी खुलेका छन् । यहाँको मन्दिर हामीले पहिलेदेखि नै संरक्षण गर्दै आएका थियौं । अहिले यसको आडमा नयाँ भवन बनाउन लागिएको हो ।’





  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार १३:२४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया