अमेजनका संस्थापक बेजोस हालसम्मकै धनी व्यक्ति

एजेन्सी– अमेजनका संस्थापक जेफ बेजोस हालसम्मकै धनी व्यक्तिको रुपमा स्थापित भएका छन् । यसअघिका सबै रेकर्ड तोड्दै सर्वाधिक धनी बनेका उनको सम्पत्ति झन्डै १७२ अर्ब डलर पुगेको छ ।

कोरोनाभाइरसका कारण अन्य क्षेत्रमा ठूलो असर परे पनि बेजोसको सम्पत्तिमा भने कुनै असर परको छैन । उल्टै उनको सम्पत्ति हरेक साता भारी मात्रामा थपिने क्रममा छ । 

बेजोसको सम्पत्ति अहिलेसम्मकै उच्च रेकर्ड हो । गत वर्ष श्रीमती म्याकेन्जीसँग डिभोर्स गरेका उनले यसअघिको आफ्नै रेकर्ड तोडेका हुन् । डिभोर्स गर्दा उनको सम्पत्ति घटेको थियो । अहिले उनी डिभोर्स हुनुअघिभन्दा अझै धनी भएका छन् । 

ब्लुमवर्गका अनुसार बेजोसकी डिभोर्सी श्रीमती म्याकेन्जीको सम्पत्ति पनि बढेको छ । म्याकेन्जी अहिले म्याकेन्जी संसारकै १२औं धनी व्यक्तिमा दरिएकी छिन् । 





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार १७:५०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया