सत्याग्रही भेट्न ह्याम्स अस्पताल पुगे पूर्वयुवराज पारस

काठमाडौं– पूर्वयुवराज पारस शाहले ह्याम्स अस्पतालमा सत्याग्रह जारी राखेका इशान अधिकारी ‘ई’ र पुकार बमलाई भेटेका छन् । सत्याग्रहमा रहेका युवा भेट्न पारस शुक्रबार दिउँसो अस्पताल पुगेका थिए । 

जनताको जीवन रक्षाका निम्ति कोरोना महामारी नियन्त्रण गर्न सरकारबाट प्रभावकारी व्यवस्थापनको माग गर्दै युवा अभियन्ताहरू सत्याग्रहमा छन् । 
‘इनफ इज इनफ’ अभियान चलाएका उनीहरु आठ दिनदेखि सत्याग्रहमा छन् ।

पोखरामा रहेका पारस बिहीबार काठमाडौं आएाा थिए । उनले अधिकारीका बुबा–आमासँग पनि केहीबेर कुराकानी गरे । युवाहरूले जारी राखेको प्रयासलाई देश र जनताको हितमा रहेको भन्दै पारसले प्रशंसा गरेका थिए । 

यसअघि अधिकारी र बमलाई भेट्न बिहीबार प्रधानमन्त्री केपी ओली ह्याम्स अस्पताल पुगेका थिए । उनले सत्याग्रह त्याग्न आग्रह गरे पनि सत्याग्रहीहरूले माग पूरा नभएसम्म सत्याग्रह जारी राख्ने बताएका थिए ।
 





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार २०:६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया