बझाङमा पहिरो, १७ घर पुरिए
फरकधार / २० असार, २०७७

बझाङकोे केदारस्युँ गाउँपालिका –८ मल्लेसीमा पहिरो गएको छ । पहिरोबाट १७ घर पुरिएको स्थानीयले बताएका छन् ।



जिल्ला प्रशासन कार्यालय, बझाङले भने क्षतिको विवरण आइनसकेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीका अनुसार  बागथलामा रहेको सेना र प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको छ ।



स्थानीयले भने पहिरोबाट १७ घर बगाएको र ७ जना बेपत्ता भएको जानकारी दिएका छन् ।




 

  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार ८:०:३४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया