नेपाल एअरलाइन्सका एकजना पाइलटसहित थप चारजना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं– नेपाल एअरलाइन्सका थप एकजना पाइलट र तीनजना उडान कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको एअरलाइन्सले जनाएको छ । 

एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार पाटन अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । 

होटल सोल्टीको क्वारेन्टिनमा बसेका संक्रमित चारजनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लाने तयारी गरिएको छ । 

यसअघि पनि एयरलाइन्सका तीनजना पाइलटसहित नौजनामा संक्रमण पुष्टि भएको थियो । उनीहरू सबैको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ । 

एअरलाइन्सले आफ्ना पाइलटसहित उडान कर्मचारीलाई सोल्टी होटलमा क्वारेन्टिनमा राख्दै आएको छ । चारवटा उडानपछि पिसिआर परीक्षण गरेर उनीहरुलाई घर पठाइने गरिएको छ । 
 





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार १७:२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया