उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो पुष्टि गरेका हुन् । 

संक्रमित हुनेमा काठमाडौंका २८ जना, ललितपुरका १३ जना र भक्तपुरका १ जना रहेको मन्त्रालयले जनाएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका २५ पिसिआर प्रयोगशालामा चार हजार आठ सय ६ जनाको नमुना परीक्षण गरिएको छ । 

पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या भने आठ हजार ११ पुगेको छ ।

अहिले क्वारेन्टाइनमा २३ हजार नौ सय १० जना रहेका छन् भने आठ हजार ६ सय तीन जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।  





  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार १६:५२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया