आज २०७ औँ भानु जयन्ती

आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती हो । देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी आज भानु जयन्ती मनाइन्छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा भानुभक्तको जन्म भएको थियो । उनलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती–उपदेश दिएका थिए ।

त्यसैको प्रेरणास्वरुप भानुभक्तले साहित्य सिर्जना गरे र नाम कमाए । उनले संस्कृत भाषामा लेखिएको रामायणलाई नेपालीमा उल्था गरेका थिए ।

पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकीकरण गरेको बिज्ञहरुको तर्क छ ।

भानुभक्तका ‘वधुशिक्षा’, ‘प्रश्नोत्तरी’, ‘भक्तमाला’, ‘रामगीता’लगायत कृति चर्चित छन् ।
 





  • प्रकाशित मिति : असार २९, २०७७ साेमबार ७:५४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया