logo-img

साराको घरसम्म आइपुग्यो कोरोनाभाइरस

मायानगरीका रुपमा परिचित मुम्बईमा कोरोनाभाइरसको खतरा बढिरहेको छ । अमिताभ बच्चन र अनुपम खेरपछि अभिनेत्री सारा अलि खानको घरमा समेत कोरोना आइपुगेको भारतीय मिडियाहरुले जनाएका छन् ।

साराले हालै यसबारे खुलासा गरेको अमर उजालाले जनाएको छ । आफ्ना ड्राइभरमा कोरोना पोजेटिभ देखिएको उनले बताएकी छिन् । यसले बलिउडमा हंगामा मच्चिएको अमर उजालाले लेखेको छ ।

साराले सोमबार राति इन्स्टाग्राममा यस कुराको जानकारी दिएकी छिन् ।

उनले लेखेकी छिन्, ‘म तपाईँहरूलाई यो जानकारी गराउन चाहन्छु कि, हाम्रा ड्राइभरको कोरोना पोजेटिभ आएको छ । रिपोर्ट आउनेबित्तिकै बिएमबीलाई सूचना दिएर ड्राइभरलाई क्वारेन्टिनमा पठाएका छौं ।’

यद्यपि, घरमा कोरोना आए पनि टेस्ट गर्दा आफ्ना परिवारका सबै सदस्यको नेगेटिभ देखिएको उनले बताएकी छिन् ।



 

 



  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार ९:२६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया