कस्तो रहला आगामी तीन दिनको मौसम
न्यून चापीय रेखा तराई क्षेत्रबाट दक्षिणतिर सर्दै गएकाले वर्षा कम हुँदै जाने विभागको दावी



मंगलबार देशभर आंशिकदेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण गरिएको छ । न्यूनचापीय रेखा नेपालको तराई क्षेत्रबाट दक्षिणतिर सर्दै गएकाले भारी वर्षाको सम्भावना टर्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुनी वर्षा भएकाले पानी आउने क्रम भने नरोकिने विभागका पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिम नेपालका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मंगलबार दिनभर आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम खालको वर्षा हुन सक्ने महाशाखाको भनाइ छ । मंगलबार राति पनि देशैभर सामान्य बदली भई हल्कादेखि मध्यम वर्षा हुने आंकलन गरिएको छ । तर, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई केहि स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १,  बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बुधबार राति देशभर देशभर आंशिकदेखि सामान्य बदली भई केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १,  प्रदेश २, बागमती र कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । बिहीबार राति देशभर आंशिकदेखि सामान्य बदली भई केहि स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
 





  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार १३:३०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया