अर्घाखाँचीमा जीप दुर्घटनामा परि १ जनाको मृत्युु भएको छ ।
काठमाडौंबाट अर्घाखाँचीको सन्धिखर्क आउदै गरेको बा १५ च २७०६ नम्वरको स्कार्पियो सीतगगा नगरपालिका वडा नम्बर ३ रिपाहामा दुर्घटना भएको हो ।
दुर्घटनाबाट १ जनाको घटनास्थलमै मृत्युु भएको अर्घाखाँची प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्कार्पियोमा चालक भने सकुशल रहेका छन् ।
मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।