रञ्जन कोइराला प्रकरण : प्रधानन्यायाधीशको फैसलाविरुद्ध सरकारी वकिल पुनरावलोकनमा जाने

श्रीमतीको हत्यामा जेल सजाय काटेर आज रिहा भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा सरकारले पुनरावलोकनका लागि निवेदन दिने भएको छ । महान्यायाधिवक्ता कार्यालयले कोइरालाको मुद्दामा पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेको हो ।

स्रोतका अनुसार आज मात्रै महान्यायाधिवक्ता कार्यालयले रञ्जन कोइराला थुनामुक्त प्रकरणमा पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा सरकारी वकिल फैसलाको न्यायिक पुनरावलोकनको माग गर्दै आजै सर्वोच्च अदालत जाँदैछन ।

श्रीमती हत्या अभियोगमा जेल परेका पूर्वडिआइजी कोइराला ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर जेलमुक्त भएका हुन् ।

 





  • प्रकाशित मिति : साउन ८, २०७७ बिहीबार १४:१८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया