रञ्जन कोइराला प्रकरण : फैसला पुनरावलोकन गर्न सर्वोच्चले दियो अनुमति

सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा पुनरावलोकनको लागि अनुमति दिएको छ ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ, कुमार रेग्मी र प्रकाशकुमार ढुंगानाको इजलासले पूर्वडिआइजी कोइरालाको सजाय मिनाहा गर्ने सर्वोच्चकै फैसलामाथि पुनरावलोकन गर्न अनुमति दिएको हो ।

पत्नी गीता ढकालको हत्यामा दोषी ठहर भएका कोइरालालाई जिल्ला अदालत र पुनरावेदनले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए । तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गराएका थिए ।

सर्वोच्चको फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका थिए ।

सर्वोच्चको फैसला त्रुटिपूर्ण रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले कोइराला छुटेकै दिन सर्वोच्चमा पुनरालोकनका लागि निवेदन दर्ता गरेको थियो ।

कोइरालाको सजाय घटाएको विरोधमा शनिबार राजधानीमा प्रदर्शन समेत भएको थियो । यस फैसलाको सामाजिक सञ्जालमा पनि विरोध भइरहेको छ ।
 





  • प्रकाशित मिति : साउन ११, २०७७ आइतबार १४:७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया