फिफा अध्यक्षविरुद्ध फौजदारी मुद्दा

विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष  जियानी इन्फान्टिनोविरुद्ध फौजदारी अभियोग लागेको छ । उनीविरुद्ध स्विट्जरल्यान्डमा फौजदारी मुद्दा दर्ता भएको हो ।

विदेशी सञ्चार माध्यमका अनुसार उनीमाथि स्विट्जरल्यान्डका महान्यायाधिवक्ता मिकेल लाउवेरसँग गोप्य भेटघाट गरेको अभियोग लगाइएको छ ।

यो विषयमा पछिल्लो समय निकै शंकास्पद पाइएपछि छानबिन समिति गठन गरिएको थियो र सो समितिले उनीहरु बीचको भेटघाट तथा कुराकानी गोप्य राखिएको भन्दै मुद्दा दर्ता गराएको हो । 

लाउवेरले गत साता राजीनामा दिएपछि यो विषयमा अझै गहन रुपमा छानबिन गरिएको थियो । 

प्राप्त खबरअनुसार उनीहरुविरुद्ध मुद्दा त दर्ता भएको छ तर यो विषयमा धेरै कुराहरु बाहिर आउन भने बाँकी छ ।

सञ्चार माध्यमका अनुसार उनीहरुले किन गोप्य भेटघाट गरे र के के कुराकानी गरे भन्ने अझै खुल्न सकेको छैन ।



छानबिन समितिसँगको छलफलमा दुवैजनाले यो आरोप अस्वीकार गरे तापनि फिफाले विज्ञप्ति निकाल्दै यो अनुसन्धानमा जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताएको छ । 

विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘हाम्रा अध्यक्ष विरुद्ध मुद्दा दर्ता भएको छ । यसको स्पष्ट रुपमा छानबिन हुनुपर्छ र यसका लागि फिफा जस्तो सुकै सहयोग गर्न पनि तयार छ ।’



उनीहरुले भेटघाटमा के के कुरा गरेका थिए भन्ने गोप्य राखेका कारण अनुसन्धानमा असहजता भएको छानबिन समितिले बताएको छ । 

  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार १२:२१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया