logo-img

मुसाका कारण उदयपुरमा विद्युत् अवरुद्ध

नेपाल विद्युत् प्राधिकरणको उदयपुर वितरण केन्द्र अन्तर्गत जलजलेमा रहेको सव स्टेसनको इनकमरमा मुसा पस्दा विद्युत् आपूर्तिमा समस्या भएको छ । सव सवस्टेसनको इनकमरमा मुसा पसेर विद्युत् सट हुँदा सवस्टेसनमा आगलागी भएको र तारहरू जलेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरण उदयपुरका इन्जिनियर सञ्जीव कर्णका अनुसार मुसाका कारण विद्युत् अवरुद्ध भएको हो । ‘शनिबार बेलुका सावा सात बजे गाईघाट फिडर मुसा पसेर विद्युत् सट गराउँदा चार जिल्लामा विद्युत् अवरुद्ध भएको हो,’ उनले भने, ‘सवस्टेसनमा विद्युत् सट भई आगो लागेकाले प्राविधिकहरू राति साढे बाह्र बजेतिर उदयपुर सिमेन्ट उद्योगको फिडरबाट गाईघाट फिडरमा विद्युत् सप्लाई गरेर विद्युत् आपूर्ति मिलाइएको थियो ।’

जलेको फिडर मर्मत गर्नुपर्ने भएकाले पूर्वावस्थामा विद्युत् सञ्चालनमा आउन केही समय लाग्ने जनाइएको छ । जोगिदह र जलजले फिडर बन्द भएकाले जोगिदहतर्फका मोतिगडाबाट सप्लाई गरिने वितरण केन्द्र प्रमुख रोशन सिंहले बताए । सिमेन्ट उद्योगको लाइन काटेर भए पनि रातिदेखि गाईघाटमा विद्युत् चालु गरिएको छ ।

मर्मत पूरा नहुन्जेलसम्म जलजले र मुकुर्चीको विद्युत् आपूर्ति हुन पर्खनु पर्नेछ, भने खोटाङ तर्फ गएको ३३ केभिए लाइन समेत केही समय उदयपुरलगायत खोटाङ, ओखलढुङ्गा र सोलु जिल्लामा अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार १६:८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया