logo-img

पत्रकार महासंघ र मातहतका समितिको कार्यकाल ६ महिना थपियो

काठमाडौं– नेपाल पत्रकार महासंघको आयोजनामा भएको राष्ट्रिय भेलाले महासंघको केन्द्रीय समिति र शाखाहरुको कार्यकाल ६ महिना थप गरे छ । 

बुधबार जुम वेबिनारमार्फत सञ्चालन भएको भएको राष्ट्रिय भेलाले केन्द्रीय कार्यसमिति, प्रदेश र जिल्‍ला प्रतिष्ठान, एसोसिएट शाखाहरुको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीको जोखिममा तत्काल महाधिवेशन सम्पन्न गर्न असम्भव देखिएकाले महासंघको विधानअनुसार कार्यकाल थप गरिएको हो । महासंघ हालको केन्द्रीय कार्यसमितिको ३ वर्षे कार्यकाल भदौ ५ गते समाप्त हुँदै थियो ।

महासंघले आगामी फागुन ३ गते केन्द्र, प्रदेश र शाखाको निर्वाचन गर्ने निर्णय गरेको छ । मंसिर महिनाभित्र जिल्ला, प्रतिष्ठान र एसोसिएट शाखाको, पुस महिनाभित्रमा प्रदेश समितिको र माघ ४ र ५ गते केन्द्रीय साधारणसभा सम्पन्न गर्ने महासंघको निर्णय छ ।





  • प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार १८:३१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया