भन्सार छलेर सामान भित्र्याएको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– राजस्व अनुसन्धान विभागले भन्सार छलेर भारतबाट सामान भित्र्याएको आरोपमा तीन करोड १९ लाख रुपैयाँ बिगोसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

वीरगञ्जका रजनीश कुमार र चितवनका राजु भनिने राजेन्द्र थापासहित ६ जनाविरुद्ध पाटन उच्च अदालतमा विभागले मुद्दा दायर गरेको हो । छुट्टै क्याबिन कोठा बनाएर भारतबाट भन्सार छलेर लत्ता कपडालगायत सामान भित्र्याएको आरोपमा उनीहरुविरुद्ध तीन करोड १९ लाख ७७ हजार रुपैयाँ बिगो र कैद माग गरिएको छ । 

नेपाल लजिस्टिकका सञ्चालक राजेन्द्र कुमार गुप्ता, ट्रक चालक सुनिल कुमार, काठमाडौंमा व्यवसाय गर्ने बाराको कलैयाका रञ्जित गुप्ता र भारत दिल्लीका रञ्जितकुमार गुप्ताविरुद्ध पनि विभागले मुद्दा दायर गरेको छ । गुप्ता मालसामान ढुवानीकर्ता हुन् । 





  • प्रकाशित मिति : भदौ ७, २०७७ आइतबार १७:५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया