logo-img

चालु आर्थिक वर्षभित्रै सार्वजनिक सवारी साधनमा जिपिएस प्रणाली जडान
प्रतीकात्मक तस्बिर

चालु आर्थिक वर्षभित्रै सार्वजनिक सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) प्रणाली जडान गरिने भएको छ । सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिपिएस प्रणाली जडान गर्ने तयारी गरिएको यातायात व्यवस्था विभागको भनाइ छ । त्यसका लागि बोलपत्रको मूल्यांकन सकेर सम्झौताको तयारी गरेको विभागको भनाइ छ ।


चालू आर्थिक वर्षभित्रै देशभरका सार्वजनिक सवारी साधनमा जिपिएस जोड्ने लक्ष्यसहित काम भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।  एक वर्षभित्र सबै सार्वजनिक यातायातमा जिपिएस जडानको काम नेपाली कम्पनीले गर्ने उनले जानकारी दिए  । छ महिना सफ्टवेयरको काम गर्ने र छ महिनामा हार्डवेयरको काम गर्ने हमालको भनाइ छ ।


सुरुमा दुई÷तीन सय सवारी साधनमा आफैंले परीक्षण गर्ने विभाग जनाएको छ । त्यसपछि एसियाली विकास बैंक (एडिबी)सँगको सम्झौता अनुसार काम गरिने बताइएको छ । सार्वजनिक यातायातमा जिपिएस जडानका लागि विभागले एडिबीसँग सहकार्य गरेको छ ।


सार्वजनिक सवारीमा राख्ने जिपिएसको हार्डवेयर सवारीधनीले नै किन्नुपर्ने बताइएको छ । बजारमा त्यसको मूल्य करिब छ हजार रुपैयाँ पर्ने महानिर्देशक हमालले बताए । जिपिएस​ र इम्बोस्ड नम्बर प्लेट एकअर्कामा अन्तरसम्बन्धित रहने गरी जडान गर्ने उनको भनाइ छ । 


सवारी साधनको निगरानी गर्न जिपिएस​ प्रणाली जोड्न लागिएको विभागको भनाइ छ । जिपिएस जडानपछि दुर्घटना न्यूनीकरण हुने दाबी उनको छ ।
गडीमा जडान गरिने जिपिएस यात्रुले पनि प्रयोग गर्न मिल्ने बनाइने विभागको भनाइ छ । 





  • प्रकाशित मिति : भदौ ८, २०७७ साेमबार १४:५८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया