logo-img

कोरोनाभाइरस भ्याक्सिन आउन अब कति समय लाग्ला ?

११ अगस्ट २०२० मा टिभीमा आएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरेका थिए कि रुसका वैेज्ञानिकहरुले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन बनाउन सफल भएका छन् । रुसले यो भ्याक्सिनको नाम पनि दिएको छ– स्पुतनिक ५ ।

रुसी भाषामा स्पुतनिकको अर्थ हुन्छ, स्याटालाइट । सोभियत युनियनले सन् १९५७ मा विश्वको पहिलो स्याटालाइट बनाएको थियो । अनि त्यसको नाम राखिएको थियो– स्पुतनिक । 

भ्याक्सिनको यो नाम राखेर सायद रुसले अमेरिकालाई एउटा गतिलो जवाफ दिन खोजेको हो । मानौँ, वर्षौँअघि अन्तरिक्षको दौडमा सोभियत संघले अमेरिकालाई जसरी पछाडि पारेको थियो, अहिले भ्याक्सिन बनाउने सन्दर्भमा पनि अमेरिकालाई रुसले माथ दिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीलाई पनि अहिले रुसमा बनेको यो भ्याक्सिन परीक्षण गरिएको बताएका छन् । भ्याक्सिनको डोज दिए पछि छोरीमा कुनै समस्या नदेखिएको भन्दै पुटिनले यो भ्याक्सिन पूर्णरुपमा स्वस्थ्य बनेको पनि दाबी गरेका छन् । 

तर, कोरोनाभाइरस भ्याक्सिनबारे पुटिनले भनेका दाबीहरुलाई अहिले पनि वैज्ञानिकहरुले सन्देहका साथ हेरेका छन् ।

वैज्ञानिक र अन्य देशले यसलाई अहिले आशंकाको दृष्टिकोणले हेरे पनि रुसमा यो भ्याक्सिन ७६ जनामा ट्रायल गरिएको छ । अब यो भ्याक्सिनको तेस्रो चरणको परीक्षण बाँकी रहेको जनाइएको छ ।



रुसले अहिले यो भ्याक्सिन आफ्नो देशमा प्रयोग गर्ने भनेको छ । सँगसँगै विश्वका अन्य देशहरुले पनि यो भ्याक्सिनका लागि आफ्नो समर्थन दिएका छन् ।

यसलाई रुसले भ्याक्सिन दाबी गरे पनि सबै देशले यसलाई स्वीकार गरिसकेका छैनन् । 



त्यसैले अब प्रश्न उठेको छ– कोरोनाभाइरस भ्याक्सिनको पहिलो डोज कहिले तयार हुन्छ त ? 

यसबारे कोलम्बिया विश्वविद्यालयकी भाइरोलोजिस्ट एन्जेला राइसमसनले भनेकी छिन्, ‘अत्यन्त छिटो भएमा पनि कम्तिमा २०२० को अन्तिमसम्म त कुर्नै पर्छ । अथवा सन् २०२१ का सुरुवाती केही महिनासम्म पनि यो भ्याक्सिन नआउन सक्छ ।’

त्यसो त अहिले विश्वभरका रिसर्च युनिटहरु कोरोनाभाइरस भ्याक्सिन बनाउन लागिपरेका छन् । चीनका तीन, अमेरिकाका दुई र बेलायतको एक भ्याक्सिन त अहिले परीक्षणको अन्तिम चरणमा पनि पुगेको छ ।

बेलायतमा अक्सफोर्ड विश्वविद्यालयले बनाएको भाइरस यसअघि परीक्षणको अन्तिम चरणमा पुगे पनि यसले चिम्पान्जीमा हुने कोरोनाभाइरसविरुद्ध मात्र काम गर्ने दाबी गरिएको छ ।

जुनसुकै भाइरसविरुद्धको भ्याक्सिन पत्ता लगाउन किन नहोस्, कहिलेकाहीँ वर्षौ लाग्न सक्छ । त्यति मात्र होइन, अहिलेसम्म केही भाइरसहरु छन् जसको कुनै भ्याक्सिन पत्ता पनि लागेको छैन । 

तर, अहिले कोरोनाविरुद्धको भ्याक्सिन बनाउन विश्वभरका वैेज्ञानिक निकै जुटेका छन् । यही आधारमा कोरोनाभाइरस भ्याक्सिन छिटो बन्न सक्ने अनुमान भएका हुन् ।

यो अनुमान सँगसँगै के पनि आशंका गरिएको छ भने कोरोनाभाइरसको भ्याक्सिन कहिल्यै नबन्न नि सक्छ है !

जे होस्, आशाको आकाश त फराकिलो छ नि !

  • प्रकाशित मिति : भदौ १४, २०७७ आइतबार ६:२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया