भिसा कार्डमार्फत भुक्तानी गर्दा दराजमा छुट

इकमर्स दराजबाट अनलाइन सामान खरिद गरी  भिसा कार्डमार्फत भुक्तानी गर्दा उपभोक्ताले छुट पाउने भएका छन् ।  डिजिटल भुक्तानीका लागि भिसा र दराजबीच सहकार्य भएसँगै उपभोक्ताले छुट सुविधा पाउने भएका हुन् । आफ्ना ग्राहकका लागि बढी सुविधा, सुरक्षित र सजिलो अनलाइन भुक्तानीका लागि सम्झौता गरेको दराजले जनाएको छ । 

 

साझेदारीको अवसरमा दराजबाट सामग्री खरिद गरी भिसा कार्डमार्फत भुक्तानी गर्दा असोज १४ गतेसम्म १५ प्रतिशत छुट पाउने बताइएको छ । दराजमा ५ हजारभन्दा बढी बिक्रेता र उनीहरुले बेच्ने इलेक्ट्रोनिक्स, किरानादेखि फेसनसम्मका ४५ हजार भन्दा बढी उत्पादनहरु छन् ।

 

भिसा मर्चेन्ट सेल्स अक्केरिग र साइबर सोर्सका प्रमुख शैलेस पलले भने, ’सामाजिक दूरीको आवश्यकतालाई ध्यानमा राख्दै डिजिटल भुक्तानी र अनलाइन सपिङ  हाल एकदमै महत्वपूर्ण भएको छ। हामी अनलाइन खरिद कर्तालाई अनलाइन भुक्तानी सुविधा मार्फत् एक सुरक्षित अनुभव प्रदान गर्न पाउँदा खुसी छौ। दक्षिण एशियाली बजारमा दराजसँगको हाम्रो सम्बन्धले उपभोक्ताहरूको किनमेलका अनुभवलाई सुधार गर्न स्थापित कम्पनीहरु साझेदारीमा जानुपर्ने र जानसक्ने कुरालाई प्रमाणित पनि गर्दछ।’

 



’नेपालमा अनलाइन भुक्तानी विधिको विकासका लागि सामूहिक प्रयास आवस्यक छ। त्यसैले हामी भिसासँग मिलेर यस कार्यलाई अघि बढाउँदा खुसी छौ। यो प्रारम्भिक प्रस्तावका साथ हाम्रा ग्राहकलाई पहिले देखि नै बढी सुविधाजनक र सुरक्षित अनलाइन पूर्वभुक्तानी विधि प्रयोग गर्दा थप लाभ प्रदान गर्न चाहन्छौ’, दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिगले भने। 



  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार १३:१०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया