logo-img

प्रहरी हिरासतमा युवकको मृत्यु, इन्सपेक्टरसहित तीन प्रहरी निलम्बित

जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका थुनुवाको रहस्यमय मृत्यु प्रहरणमा संलग्न रहेको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी निलम्बित भएका छन् । 

प्रदेश २ प्रहरीले इन्सपेक्टर ललितकुमार सिंह तथा २ हवल्दार मुन्ना सिंह र फिरोज धुनियालाई निलम्बन गरेको हो । 

रौतहटको गरुणाका विजय राम हत्या आरोपमा पक्राउ परेका थिए । प्रहरीको चरम यातनापछि उनको भदौ ११ गते उपचारका क्रममा म‌ृत्यु भएको थियो । 

घटना स्वीकार गर्न दबाब दिँदै प्रहरीले चरम यातना दिएका कारण उनकोको ज्यान गएको स्थानीयको आरोप छ । 

गत साउन ३१ गते भएको निरन्जन रामको हत्या आरोपमा विजयसहित ७ जना पक्राउ परेका थिए ।





  • प्रकाशित मिति : भदौ १६, २०७७ मंगलबार १७:२९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया