नेपालमा पछिल्लो समय कोरोना संक्रमण निकै आक्रामक रूपमा बढ्दै गएको छ । पछिल्लो समय प्रत्येक दिन एक हजारको हाराहारीमा कोरोना संक्रमित थपिएका छन् ।
केही दिन यता नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ ।
त्यसैले कोरोनाको जोखिम बढी भएका ठाउँमा अहिले पनि सरकारले निषेधाज्ञा लगाएको छ । यसअघि सरकारले २ सयभन्दा बढी कोरोना संक्रमित भएका स्थानमा लकडाउन लगाउने र पाँच सयभन्दा बढी संक्रमित भएका ठाउँमा निषेधाज्ञा लगाउने जनाएको थियो ।
नेपालमा अहिलेसम्म सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । मन्त्रालयको तथ्यांक अनुसार मनाङ र मुस्ताङ जिल्ला भने कोरोना मुक्त भइसकेका छन् ।
यी दुई जिल्लामा नेपालमा सबैभन्दा कम संक्रमित भेटिएका छन् । मुस्ताङमा अहिलेसम्म एक जनामा मात्र कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनी पनि कोरोना मुक्त भइसकेका छन् ।
त्यस्तै, मनाङमा पनि ३ जनामा मात्र अहिलेसम्म कोरोना संक्रमण भेटिएको छ । मनाङका ३ मध्ये १ जना कोरोना मुक्त भइसकेका छन् भने २ जना पनि मुक्त हुने अवस्थामा छन् । हुम्ला र डोल्पा अरु दुई जिल्ला हुन् जहाँ कोरोना संक्रमितको संख्या १० भन्दा कम रहेको छ । हुम्लामा अहिलेसम्म ५ जनामा संक्रमण देखिएको छ । यीमध्ये दुई जनाले कोरोना जितेका छन् । डोल्पामा चाहिँ ६ जनामा संक्रमण देखिएको छ । यीमध्ये १ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्, दुई जना निको भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।