उत्तरी क्यालिफोर्नियामा डढेलोबाट थप तीन जनाको मृत्यु

उत्तरी क्यालिफोर्नियाको जंगलमा सल्किएको डढेलोमा परेर तीन व्यक्तिको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरुका अनुसार तिब्र गतिका साथ फैलिएको डढेलोका कारण वन छेउमा घरबास हुने हजारौं व्यक्ति आआफ्ना घर छाड्न बाध्य भएका छन् ।

पहाडी इलाकाको वन डढेलो फैलिएर घरबस्ती भएको तल्लो समथर भूभागमा आइपुगेको अधिकारीहरुले बताएका छन् । 

क्यालिफोर्नियाको राजमार्ग गस्ती प्रहरी बेन ड्रापरका अनुसार एक व्यक्ति कारभित्र घाइते अवस्थामा भेटिएका थिए ।

सान फ्रान्सिस्कोको उत्तरपूर्वी क्षेत्रमा सयौं, हजारौं घर डढेलोको चपेटामा आएको र अधिकांश ती घरमा क्षति पुगेको अग्निनियन्त्रकहरुले बताएका छन् । 

उक्त आगोले प्याराडाइज क्षेत्रमा पनि विनाश निम्त्याउने खतरा बढाएको छ । यो क्षेत्र गत वर्षको विनाशकारी वनडढेलोबाट पनि क्षतिग्रस्त भएको थियो । सुख्खा मौसमका कारण वनडढेलो तिब्र रुपमा फैलिएको छ । 

मौसम पूर्वानुमान अधिकारीहरुका अनुसार केही दिनभित्र मौसममा सामान्य सुधार आउनेछ । यसबाट अग्निनियन्त्रकहरुले सन्तोषको केही सास फेर्न पाउने अपेक्षा गरिएको छ । 



उता वासिङ्टन राज्यमा पनि एकै दिन विशाल क्षेत्रमा आगो फैलिएको छ । आगलागीका कारण अरेगन र इडाहो सहरबाट धेरै मानिस अन्यत्र पलायन हुनु परेको छ । कोलोराडो र मोन्टानामा भने उत्तर ध्रुवीय चिसो हावाका कारण डढेलो केही मत्थर देखिएको छ । 

अगष्टको मध्यदेखि फैलिएको वनडढेलोका कारण हालसम्म ११ जनाको मृत्यु भइसकेको छ भने ३ हजार ६०० भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । 



जंगलबाट आएको बुधबारको बाक्लो धुँवा पूरै राज्यमा फैलिएको थियो ।

क्यालिफोर्निया विश्वविद्यालयका जलवायु विज्ञान वैज्ञानिक डानियल स्वेनले विगत २४ घण्टाको अवधिमा कम्तीमा ४०० वर्ग माइल (एक हजार ३६ वर्ग किलोमिटर) क्षेत्र सखाप भएको जानकारी दिए ।

  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १५:४७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया