कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

कांग्रेस महामन्त्री शशांक कोइराला शनिबार दिउँसो ॐ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोइरालाले फेसबुकमार्फत आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भएपछि शनिबार डिस्चार्ज भएको बताएका छन् ।

चिकित्सकको सल्लाहबमोजिम उनी अझै केही दिन होम आइसोलेसनमा बस्नेछन् । कोइरालाले आफ्नो उपचारमा संलग्न डाक्टर विश्वनाथ कोइरालालगायतको चिकित्सक टोलीलाई धन्यवाद दिएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइराला स्वास्थ्यमा समस्या देखिएपछि भदौ ३१ गते अस्पताल भर्ना भएका थिए । कोइरालालाई नरम खालको निमोनिया र ज्वरो देखिएको अस्पतालले जनाएको थियो ।

कांग्रेस महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो ।

महामन्त्री कोइराला कोरोनामुक्त भने भइसकेका छैनन् । १४ दिन काटेपछि असोज ७ गते उनको पिसिआर परीक्षण गरिने उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । शुक्रबार गरिएको पिसिआर रिपोर्ट भने पोजिटिभ नै आएको उनले बताए ।





  • प्रकाशित मिति : असोज ३, २०७७ शनिबार १३:४७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया