सहकारीको ब्याजदर र सेवा शुल्कमा नियमन गर्दै सहकारी विभाग

सहकारी विभागले सहकारीको ब्याजदर तोक्ने र सेवा शुल्क पनि कटौती गर्ने तयारी गरेको छ । ब्याजदर निर्धारण समितिको आज बस्ने बैठकले सहकारीमा नयाँ ब्याजदर तोक्ने भएको हो ।   

सहकारी विभाग स्रोतका अनुसार ब्याजदर निर्धारण र सेवा शुल्क आजै तोक्ने तयारी हुँदै छ । सहकारीलाई पनि लघुवित्तकै हाराहारीमा ब्याजदर कायम गरिने प्रस्ताव छ । 

सहकारीले सेवा सुविधाका नाममा चर्को रकम लिन थालेको गुनासो बढ्दै गएपछि सहकारी विभागले सेवा शुल्क कटौती गरेर १ प्रतिशतमा झार्ने तयारी गरेको हो ।

यसअघि गत साल सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याजमा ऋण लगानी गर्न नपाउने व्यवस्था गरेको थियो । यस्तै बचतमा १० प्रतिशत तोकेको थियो । यद्यपि सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै सेवाग्राहीले गुनासो गरेका थिए ।  

सहकारीमा तोकिएको सन्दर्भ ब्याजदर ०७६ साउन १९ गतेदेखि लागू गरिएको हो । त्यसको एक वर्षपछि पुनः यसलाई पुनरावलोकन गर्न लागिएको हो । 





  • प्रकाशित मिति : असोज ५, २०७७ साेमबार १७:१७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया