मध्य अफगानिस्तानमा बिस्फोट, १५ जनाको मृत्यु

मध्य अफगानिस्तानको डेकुन्डी प्रान्तमा भएको बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता तारिक आरियनका अनुसार डकुन्डीको कर्जान जिल्लामा तालिबान लडाकु समूहले बिछ्याएको भूमिगत बारुदी सुरुङ विस्फोटबाट ठूलो क्षति पुगेको हो । 

उनले विस्फोटबाट मारिनेहरुमा अधिकांश महिला र बालबालिका रहेको जानकारी दिए । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन । 

अफगान सरकार र तालिबानबीच कतारको राजधानी दोहामा वार्ता जारी रहेकै अवस्थामा सशस्त्र भिडन्त र बम विस्फोटनका घटना रोकिएका छैनन् । 

अन्तर–अफगान वार्ता गत सेप्टेम्बर १२ देखि जारी छ । दुवै पक्षले अफगानिस्तानमा जारी लामो सशस्त्र द्वन्द्व अन्त्य गर्ने उद्देश्यले दीर्घकालीन युद्धविराम गर्न प्रयासरत रहेको बताएका छन् ।





  • प्रकाशित मिति : असोज १३, २०७७ मंगलबार १७:३८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया