कुुवेतका नरेश सवाह अल अहमदको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।
सन् १९२९मा जन्मिएका अहमदलाई आधुनिक कुवेतका निर्माताका रुपमा लिइन्छ । वैदेशिक नीतिमा अहमदको महत्वपूर्ण भूमिका थियो ।
अघिल्लो वर्षको अगष्टदेखि बिरामी भएका उनी उपचारका लागि अमेरिका गएका थिए ।
उपचारका क्रममा उनको अमेरिकामै निधन भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।