logo-img

भक्तपुरको तलेजु मन्दिरमा यसपटक दसैँमा बलि नदिइने

भक्तपुरको तलेजु मन्दिरमा यसपटक दसैँमा बलि नदिइने भएको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण सांस्कृतिक क्रियाकलापलाई औपचारिकतामा मात्र सीमित गरिने भएको छ । 

मंगलबार सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको उक्त बैठकमा तलेजुका पुजारीहरू, विभिन्न जात्रासँग सम्बन्धित गुठियार, गुठी संस्थान भक्तपुरका प्रमुख, महानगरीय प्रहरी परिसरका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको उपस्थिति थियो ।

यस विषयमा सरोकारवालाको राय–सुझाब लिएर यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।





  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार २०:२१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया