logo-img

वार्ताका लागि डा. केसी पक्षबाट पनि वार्ता समिति गठन

अनशनको २४ औं दिनमा डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारले वार्ता टोली गठन गरेलगत्तै डा. केसीको तर्फबाट पनि वार्ता टोली गठन भएको छ ।

केसी पक्षले डा. जीवन क्षेत्रीको संयोजकत्वमा बनेको वार्ता टोली गठन गरेको हो । डा. क्षेत्री सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक हुन् । 

वार्ता टोलीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झा, नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।

यसअघि बुधबारै सरकारले शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारी वार्ता समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा सदस्य छन् । 





  • प्रकाशित मिति : असोज २१, २०७७ बुधबार २१:०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया