अनसनरत् डा. गोविन्द केसीका मागप्रति सरकार गम्भीर नभएको आरोप डा. केसीको पक्षबाट बनेको वार्ता टोलीले लगाएको छ ।
केसीको ज्यान जोखिममा परिरहेको तर सरकारी पक्ष समझदारीबाट पछि हटेको डा. केसी पक्षले एक विज्ञप्ति निकाल्दै बताएको हो ।
शनिबार विहान निकालिएको विज्ञप्तिमा सरकारी पक्षबाट सत्याग्रहीसँग छलछाम मात्रै गरिएको र नतिजामुखी वार्ता नगरेको अब प्रष्ट भएको उल्लेख गरिएको छ ।
‘सरकार छलछामपूर्वक अनिश्चितकालसम्म वार्ता लम्ब्याएर सत्याग्रहरत डा. केसीको ज्यान गम्भीर जोखिममा परोस् भन्ने चाहन्छ,’ विज्ञप्तिमा लेखिएको छ ।
त्यस्तै, विज्ञप्तिमा सरकारको अमानवीय रवैयाविरुद्ध तथा डा. केसीको जीवन रक्षाका लागि थप सशक्त आन्दोलनका कार्यक्रम ल्याउन पनि अनुरोध गरिएको छ ।
अहिले सरकारले गरिरहेको बेवास्ताबाट उत्पन्न हुने असहज परिस्थितिका लागि नेपाल सरकार जिम्मेवार हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।