अफगानिस्तानमा तालिबान आक्रमण, सात प्रहरीको मृत्यु
फरकधार / २४ असोज, २०७७

अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिवान लडाकूले गरेको आक्रमणमा परी कम्तीमा सात प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनापछि अन्य चार प्रहरी सम्पर्कमा आएका छैनन् ।



कुन्दुजको खान अवाद जिल्लाको दागरीमा रहेको प्रहरीको एउटा सुरक्षा जाँच केन्द्रमा विद्रोहीले आक्रमण गरेपछि प्रतिकारका क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रशासन प्रमुख कुद्रातुल्ला साफीले बताए ।

साफीले भने, ‘तालिवान विद्रोहीले सुरक्षा जाँच केन्द्रमा शनिबार विहानै एक्कासी आक्रमण गरेपछि भएको घण्टौ लामो भिडन्तमा सात प्रहरी अधिकारीको मृत्यु भएको छ भने चार अन्य प्रहरी घटनापछि सम्पर्कमा आउन सकेका छैनन् ।’



प्रहरीले हराइरहेका सुरक्षाकर्मीलाई विद्रोहीले अपहरण गरी लगेको हुनसक्ने बताएको छ ।



शान्तिवार्ताका लागि दोहामा रहेको तालिवान नेतृत्वले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । तर, स्थानीयले घटनाको पुष्टि गरेका छन् । स्थानीयका अनुसार तालिवानी लडाकू र प्रहरीबीच कम्तीमा दुई घण्टा भिडन्त भएको र दुवैतर्फ क्षति भएको बताए ।

  • प्रकाशित मिति : असोज २४, २०७७ शनिबार २०:१५:५८,   अन्तिम अपडेट : असोज २४, २०७७ शनिबार २०:१६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया