logo-img

वीरगञ्जबाट मात्रै सैँतीस करोड मूल्य बराबरको मल बिक्री

सरकारी स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले १४ स्थानीय तहमा आफ्ना डिलरमार्फत आर्थिक वर्ष ०७६/७७ मा रु ३६ करोड ९३ लाख ७ हजार ८६० मूल्य बराबरको करिब १४ हजार ८५९ दशमलव ४५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको छ ।

कार्यालयले पर्सा जिल्लामा रहेका १४ वटा स्थानीय तहमा रासायनिक मल बिक्री वितरण गर्ने आफ्ना डिलरलाई स्थानीय तहको सिफारिसमा उक्त मल वितरण गरेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताए । स्थानीय तहका जनप्रतिनिधिले भने रासायनिक मल वितरण प्रणालीमा पारदर्शिता नभएका कारण ठोरी गाउँपालिका लगायतका सुदूर ग्रामीण क्षेत्रसम्म रासायनिक मल पर्याप्त मात्रामा नपुगेको उनले बताएका छन् ।

पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवले नेसनल ट्रेडिङ लिमिटेडले मल वितरणबारे विस्तृत जानकारी नभएको गुनासो गरे ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७७ साेमबार १३:४६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया