साँघुरिँदै साँखुमा आलुखेती

काठमाडौंको उत्तरपूर्वी क्षेत्र हिउँदे आलुको लागि प्रख्यात छ । किसानहरूले यो वर्षको आलु रोपेर हरियो बनाइसकेका छन् ।

काठमाडौंको सहरी क्षेत्र कोरोना संक्रमणको जोखिमसँग जुधिरहेको समयमा काठमाडौंको साँखु क्षेत्रका जनता भने हिउँदे आलुको गोडमेलमा व्यस्त देखिएका छन् । बाहिरी मान्छे कमै पुग्ने अनि संक्रमणको जोखिम पनि कम भएकाले किसानहरू निस्फिक्री खेतमा काम गरिरहेका छन् । काठमाडौंको साँखु क्षेत्रको आलुको बजार हिस्सा ठूलो नभए पनि वर्षौंदेखि व्यावसायिक खेती नै हुँदै आएको छ ।

उपभोक्ताले धेरै रुचाउने र बजारको समस्या नभएका कारण किसानहरूले आलु खेती गर्दै आएको बताएका छन् । बढ्दो सहरीकरणको असर साँखु क्षेत्रमा पनि परेको छ । खेती योग्य जमिन प्लटिङ्ग गरी घडेरीमा परिणत हुन थालेपछि किसान चिन्तित बनेका छन् ।

सरकारले ल्याएको भू–उपयोग नीतिले यस्ता खेतीयोग्य जमिनको खण्डीकरण रोक्न सके साँखु क्षेत्रको मौलिक कृषि प्रणाली जोखिनेछ । 





  • प्रकाशित मिति : कात्तिक ७, २०७७ शुक्रबार १६:४६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया