काठमाडौंका ३२ वटै वडा कार्यालय सुविधा सम्पन्न बनाइने

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नागरिकलाई प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाउन लागिएको बताएका छन् । 

काठमाडौं महानगरपालिका वडा नं. ९ को नयाँ भवन उद्घाटन गर्न शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले महानगरका ३२ वटै वडा कार्यालयलाई सुविधासम्पन्न बनाउन लागिएको बताए ।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने संस्था भएको र पहिलो गुनासो सुन्ने निकाय समेत वडा कार्यालय भएकाले महत्त्वका साथ पूर्वाधार निर्माण भइराखेको बताए । उनले कुनै समस्या भए आफ्नो वडा कार्यालयमा निर्धक्क राख्न समेत नगरबासीहरुलाई आग्रह गरेका छन्  । यस्तै कुनै पनि क्षेत्रमा विकासका कामहरु गर्न बाँकी रहेको वा गर्नुपर्ने भए पनि वडा कार्यालयमार्फत जानकारी गराउन समेत उनले आग्रह गरे । सबै कामका लागि मेयर नै नचाहिने भएकाले वडा अध्यक्षमार्फत आफ्ना समस्याहरु राख्न आग्रह गरे । 

महानगरभित्र पूर्वाधार निर्माणका धेरै काम गर्न बाँकी रहेको र ती कामहरुमा नगरबासीको सहयोगको अपेक्षा समेत गरे । महानगरबासीलाई सेवा सुविधा दिनका लागि पनि वडा कार्यालयलाई सुविधा सम्पन्न बनाउनुपर्ने उनले बताए । त्यसैले पहिलो प्राथमिकतामा सबै वडा कार्यालयको भवनको निर्माणलाई राखिएको पनि उनले बताए । 





  • प्रकाशित मिति : कात्तिक ७, २०७७ शुक्रबार १६:५५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया