logo-img

इटालीका खेलकुदमन्त्रीले भने- कोरोनाविरुद्धको नियम पालना नगर्ने अहंकारी रोनाल्डोविरुद्ध अनुसन्धान हुन्छ

इटालीका खेलकुदमन्त्री भिनसेन्जो स्पादाफोराले पोर्चुगिज फुटबलस्टार क्रिस्टियानो रोनाल्डोलाई अहंकारीको संज्ञा दिएका छन् । रोनाल्डोले कोरोनाविरुद्धको नियम पालना नगरेको आरोप लगाउँदै उनले सो संज्ञा दिएका हुन् । 

इटाली सरकारले रोनाल्डोलाई कोरोना लागेकाले इटाली आउन अनुमति दिएको थिएन । तर, उनी कोरोनाविरुद्धको नियमको बेवास्ता गर्दै इटाली फर्किएको भिनसेन्जोको भनाइ छ।

एक टेलिभिजनसँगको अन्तर्वार्तामा भिनसेन्जोले भनेका छन्, ‘अहंकारी रोनाल्डोले कोरोनाविरुद्धको नियम पालना गरेनन्, उनीविरुद्ध इटालीमा अनुसन्धान हुन्छ ।’

खेलकुदमन्त्रीको आरेपबारे प्रतिक्रिया दिँदै रोनाल्डोले आफूले कोरोनाविरुद्धका सबै उपाय पछ्याएको फलो गरेको बताएका छन् । मन्त्रीलाई इंगित गर्दै उनले भनेका छन्, ‘इटालीका एक भद्र पुरुषले मैले कोरोनाको नियम पालना नगरेको बताइरहेका छन् । म उनको नाम लिन चाहन्न । ती सबै झुटा कुरा हुन् । म हवाई एम्बुलेन्समा इटाली आएको हुँ र म कसैको सम्पर्कमा आएको छैन ।’





  • प्रकाशित मिति : कात्तिक ११, २०७७ मंगलबार १७:२५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया