काठमाडौं उपत्यकामा १ हजार ८८८ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८८८  कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ७८१ महिला र १ हजार १०७ पुरुष रहेका छन् । 

काठमाडौंमा मात्र हालसम्म १६ हजार २४२ सक्रिय कोरोना संक्रमित रहेका छन् भने २१२ जनाको मृत्यु भएको छ । 

त्यसैगरी भक्तपुरमा हालसम्म १ हजार १६५ जना सक्रिय संक्रमित रहेका छन् भने ६३ जनाको मृत्यु भएको छ । ललितपुरमा २ हजार ३४५ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५८ जनाको संक्रमणबाट मृत्यु भएको छ । 

काठमाडौंमा १० हजार ५०१ होम आइसोलेसनमा छन् भने भक्तपुरमा १ हजार ७१९ र ललितपुरमा २ हजार १६५ जना होम आइसोलेसनमा रहेका छन् ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १७:४३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया