logo-img

बढ्दै कोरोना संक्रमित एनआरएन

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन सुरु भएसँगै विदेशमा रहेका नेपालीमा पनि कोरोना संक्रमण बढेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ नेपालीलाई कोरोना संक्रमण देखिएको छ । यस्तै सङ्क्रमतिमध्ये ४ सय ५० रोमानियामा रहेका नेपाली छन् ।

संघका स्वास्थ्य समिति संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्यान्ड, स्पेन, कतार, भारत, क्यानाडा र युकेका रहेका नेपाली कोरोना भाइरसबाट संक्रमण भएका छन् ।  पछिल्लो साता कोरोनाका कारण कसैको पनि मृत्य भने भएको छैन ।

हालसम्म ४२ देशमा रहेका ४३ हजार ५ सय ६९ नेपाली कोरोना भाइरसको संक्रमणमा परेकामा तीमध्ये ३९ हजार ५ सय ६५ जना अर्थात् ९२ प्रतिशत संक्रमणबाट मुक्त भएको उक्त समितिले जनाएको छ ।

अघिल्लो सातासम्म १९ देशमा रहेका २ सय ८४ नेपालीको कोरोनाका कारण निधन भइसकेको बताइएको छ ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७७ आइतबार १३:५५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया