कालीगण्डकी करिडोर निर्माणमा खटिएका मजदुर पहिरोमा पुरिए

नवलपरासी बर्दघाट–सुस्ता पूर्व नवलपुरको बुलिङटार गाउँपालिका ३ मा कालीगण्डकी करिडोर निर्माणमा खटिएका मजदुर पहिरोमा पुरिएका छन् ।  

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बुधबार साँझ ५ बजेतिर मजदुरहरु ग्याबिनमा ढुङ्गा भर्दै गर्दा माथिबाट खसेको सुख्खा पहिरोमा पुरिएका हुन् । 

पुरिएकामध्ये दुईजनाको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । पहिरोमा कतिजना पुरिएका छन् भन्ने यकिन छैन । 

अहिले पहिरो पन्छाएर खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय बुलिङटारको प्रहरी टोली उद्धारमा खटिएको छ ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार २०:२८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया