logo-img

कुवेतमा बस दुर्घटनामा परी दुई नेपालीको मृत्यु

कुवेतको एउटै कम्पनीमा कार्यरत दुई जना नेपालीको बस दुर्घटनामा मृत्यु भएको छ । उनीहरू दुवैजना कुवेतको सिजिजिसी कम्पनीमा कार्यरत थिए । कम्पनीको काम सकेर कोठा फर्किने क्रममा उनीहरु चढेको बस दुर्घटनामा परेको थियो । 

कुवेतस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जाजरकोटका दीपक सिंह ठकुरी र अर्का एक जना ठेगाना नखुलेका पल बहादुर पुन रहेका छन् । घाइते भएर उपचारका क्रममा ठकुरीको नोभेम्बर ४ तारिखमा र पुनको नोभेम्बर ५ तारिखमा दिन मृत्यु भएको हो ।

मृतक ठकुरी ३ वर्षदेखि कुवेतमा कार्यरत थिए ।

उनीहरू कार्यरत कम्पनीको बसलाई विपरीत दिशाबाट आइरहेको मालवाहक गाडीले ठक्कर दिँदा दुर्घटना भएको हो । 

दूतावासले कम्पनीसँग समन्वय गरेर मृत दुवै जनाको शवलाई नेपाल पठाउने जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक २१, २०७७ शुक्रबार १३:५०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया