कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा रमेश लेखक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा बनाउने सहमति भएको छ । आइतबार शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा यस्तो सहमति भएको हो । 

यसअघि समितिको संयोजक नरहरि आचार्यलाई बनाउने छलफल भए पनि आचार्यले स्वास्थ्यको कारण देखाउँदै पछि हटेपछि लेखकलाई सो जिम्मेवारी दिइएको हो । आचार्य १३औँ महाधिवेशनमा पनि क्रियाशील सदस्यता छानबिन समितिका संयोजक थिए । 

आइतबारको छलफलमा लेखकको नाममा पौडेल पक्षले पनि सहमति जनाएको छ । समितिमा सभापति देउवा पक्षबाट संयोजकसहित ३ जना, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट २ जना र कृष्णप्रसाद सिटौला पक्षबाट एकजना राख्ने सहमति भएको छ ।





  • प्रकाशित मिति : कात्तिक २३, २०७७ आइतबार १९:५१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया