नौ महिनापछि नेपाली फुटबल टोली मैदानमा
शुक्रबार नेपाल र बंगलादेश भिड्दै
बंगलादेशमा व्यायाम गर्दै नेपाली फुटबल टोली । फाइल तस्बिर

नेपाली टोली करिब नौ महिनापछि फुटबल मैदान फर्किँदै छ । बंगलादेशसँग नेपालले शुक्रबार पहिलो मैत्रिपूर्ण हुँदै छ । कतार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणमा रहेको नेपाललाई यो मैत्रिपूर्ण खेलमा अर्थपूर्ण तरिकाले पनि हेरिएको छ ।

ढाकास्थित बंगबन्ध रंगशालामा दिउँसो पौने पाँच बजे हुने खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामना गर्न लागेको हो । दुई मैत्रिपूर्ण तालिका बनाएर एक साताअघि बंगलादेश प्रस्थान गरेको नेपाली टोलीले त्यहीं अभ्यासका खेल खेलेको थियो । एक साता काठमाडौंमा अभ्यास गरेर ढाका प्रस्थान गरेको नेपाली टोली शुक्रबार घरेलु टोलीविरुद्ध मैदान उत्रिँदा सुखद नतिजाको खोजीमा हुनेछ । कोरोना महामारीले निराश बनेका दर्शकलाई नेपाली खेलाडीले जित निकाल्दै खुसी दिलाउने पक्षमा रहेका छन् । 

मुजिव बर्सो सिरिज नाम दिइएको यस प्रतियोगितामा २ वटा म्याच हुनेछन् । दुई म्याचके विजेताले ट्रफी पनि पाउने बुधबार आयोजित प्रि म्याच कन्फ्रेन्समा जानकारी गराइएको छ । कोरोना महामारीका कारण विश्वकप छनोट खेलहरू स्थगित भएकाले नेपाल र बंगलादेश दुवैले यो खेललाई अनुभव साट्ने अवसरको रुपमा लिएका छन्  । 

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालका लागि बंगलादेशसँगको मैत्रिपूर्ण खेल अर्थपूर्ण तरिकाले हेरिएको हो । एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरू जुन १५ सम्म सकिने जनाएको छ । 

यसअघि अक्टोबर र नोभेम्बरका लागि तय भएका छनोट खेल कोरोना महामारीका कारण अनिश्चित कालका लागि स्थगित भएका थिए । शुक्रबार बंगलादेशसँग खेल्ने लागेको नेपालले  ‘हेड टु हेड’ मा निकै पछि रहेको छ । नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । एक खेल भने नतिजा विहीन भएको छ । तर बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले सुखद नतिजा निकालेको छ ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७७ बिहीबार १९:५१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया