logo-img

कोरोनाका कारण ३०१ गैरआवासीय नेपालीको निधन
प्रतीकात्मक तस्बिर

विश्वका विभिन्न २० देशमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको कुल संख्या ३०१ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो । यो साता जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।   

कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको निधन भएको यो पहिलो घटना भएको संघले जनाएको छ । यो साता जापान, साउदी अरब, यूएई, पोर्चुगल र भारतमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।   

शनिबार साँझसम्म विभिन्न ४९ देशमा ४८ हजार ६३९ गैरआवासीय संक्रमित भएका छन् । सोही अवधिमा ४४ हजार ६७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितको ९१ प्रतिशत रहेको हो ।   
   
 





  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार १४:३४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया