logo-img

के मनोज गजुरेल गर्दैछन् फेरि विवाह ?

हाँस्यकलाकार मनोज गजुरेलले फेरि विवाह गर्ने कुरा अहिले सामाजिक सन्जालमा निकै चर्चामा छ । खासमा एक टेलिभिजनमा उनले दिएको अन्तर्वार्ताको सानो क्लिप अहिले सामाजिक सन्जालमा चर्चाको विषय हुन थालेको हो । 

यस्तो हुनुको पछाडि गजुरेलले त्यो क्लिपमा त्यो नभने पनि हुँदैन भनेर आफ्नो कुरा राखेका छन् । 

अनि उनले भनेका छन्, ‘चाँडै नै मैले तपाईंहरुको सल्लाह सुझावअनुसार मैले मेरो जीवनमा कोही साथी जोड्दै छु, अर्थात् हामी जोडिँदै छौँ । अहिलेलाई यति मात्र भनौँ ।’



यो क्लिप अहिले सामाजिक सन्जालमा निकै चर्चामा आउन थालेपछि हामीले मनोज गजुरेललाई सम्पर्क गर्यौँ । उनले पहिले यसलाई विवाहको अर्थमा नबुझ्न अनुरोध गरे । 

‘अब त्यो क्लिप हो, व्यंग्यको कुरा हुनसक्छ,’ मनोज गजुरेलले फोनमा भने, ‘तर, बिहे नै नगरी त कहाँ बस्न सकिन्छ र ?’

हामीले फेरि अलिक खुल्नु पर्यो भन्ने आग्रह गजुरेललाई गर्यौँ । उनले थपे, ‘त्यो क्लिपको आधारमा केही नभनौँ, त्यो अर्कै प्रसंग पनि हुनसक्छ । तर, खास कुरा चाहिँ के हो भने विवाह नगरी त बस्न सकिन्न । बिहे नगरी पनि कसरी बसिएला र ?’



अनि उनले थपे, ‘त्यसैले ढिलो चाँडो म विवाह गर्छु ।’ गजुरेलको केही समयअघि उनकी पहिलो पत्नीसँग डिभोर्स भएको थियो ।



  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार १८:९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया