नेपाली कांग्रेस हिन्दू राष्ट्रको पक्षमाः कांग्रेस महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले नेपाली कांग्रेस हिन्दू राष्ट्रको पक्षमा रहेको बताएका छन् । 

आमनिर्वाचनमा कांग्रेसले बहुमत हासिल गरे जनमत संग्रहबाट हिन्दू राष्ट्रको पक्षमा उभिने कोइरालाको दाबी छ ।

नेपाली कांग्रेस मोरङले सोमबार विराटनगरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्नुअघि गरिएको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । 

महामन्त्री कोइरालाले वर्तमान सरकार संघीयताविरोधी रहेको आरोप दोहोर्याउँदै सरकार पूर्ण रुपमा असफल भएको टिप्पणी गरे । 

विनादृष्टिको सरकारले जनतालाई दुःख दिएको आरोप लगाउँदै उनले कोरोना संक्रमण नियन्त्रण, भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको आरोप लगाए । 

कोइरालाले कांग्रेस एक ढिक्का भए कसैले हराउन नसक्ने दाबी गर्दै आफू पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको बताए । 





  • प्रकाशित मिति : मंसिर २९, २०७७ साेमबार १७:१०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया