logo-img

साउदीले रोक्यो १ हप्ताका लागि आवागमन


साउदी अरबको आन्तरिक मन्त्रालयले सोमबारबाट लागु हुने गरी आगामी एक हप्ताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन स्थगन गरेको छ । साउदी अरबस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

नागरिकको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप यो कदम चालिएको जनाउँदै आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिन सक्ने समेत सूचनामा उल्लेख छ ।

यसैगरी, साउदी सरकारले अर्को सूचना जारी गर्दै कोभिड –१९ संक्रमण नियन्त्रणका लागि ५० जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुनसमेत प्रतिबन्ध लगाएको छ ।

यो आदेशको उल्लंघन गर्ने विरुद्ध साउदी रियाल १५ हजारसम्म जरिवाना हुने जनाएको छ । तसर्थ, सरकारले जारी गरेको हवाई उडानलगायत स्वास्थ्यसम्बन्धी सावधानीका सूचना पूर्ण पालना गर्न दूतावासले नेपालीहरुलाई आग्रह गरेको छ ।





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार १८:५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया